टेड्रोस र स्वास्थ्यमन्त्री खतिवडाबीच भेटवार्ता
SamacharDesk | २०७९ बैशाख ९, शुक्रबार

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस हिजो नेपाल आइपुग्नु भएको छ ।
तीन दिने भ्रमणमा नेपाल आउनु भएका टेड्रोस काठमाडौं आइपुगेलत्ततैले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्नुभएको छ । गेब्रेयससले स्वास्थ्य मन्त्रालयमै पुगेर मन्त्री खतिवडालाई भेट्नुभएको हो ।
भेटवार्ताको क्रममा नेपालमा औषधि उत्पादनका लागि सहयोग गर्न महानिर्देशक गेब्रेयससलाई आग्रह गरिएको र उहाँले सकारात्मक प्रतिक्रिया दिनुभएको मन्त्री खतिवडाले बताउनुभयो । त्यसगरी मातृ तथा बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना र हेटौँडामा रहेको किटजन्य रोगको अध्ययन तथा तालिम केन्द्रको विकासका लागि नेपालको तर्फबाट कुरा राखिएको उहाँले जानकारी दिनुभयो ।
महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले आज प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट्ने कार्यक्रम र छ । त्यसैगरी उहाँले टेकु अस्पतालमा रहेको ल्याव निरिक्षण गर्ने, पाटन स्कुलको निरिक्षण गर्ने लगायतको कार्यक्रम समेत रहेको छ ।
भेटवार्ताको क्रममा उहाँले कोभिड –१९ को खोप लगाउने सम्बन्धमा नेपालले नमुना योग्य काम गरेको भन्दै प्रशंसा गर्नुभएको मन्त्री खतिवडाले बताउनुभयो ।
Categorized in राष्ट्रिय