arin enterprises

आज हरितालिका तिज

SamacharDesk | २०८० आश्विन १, सोमबार

आज हरितालिका तिज । सनातन धर्मावलम्वी महिलाहरु देशभर महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्व देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइन्छ । आज दशेभरका शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लाग्ने गर्दछ ।

विवाहित महिलाले पतिको दिर्घायू तथा परिवार सुख र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै तिजको दिन निराहार ब्रत बस्ने परम्परा छ । व्रत गर्ने नारीले अटल सौभाग्य प्राप्त गर्ने जनविश्वास रहेको छ ।

आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा तिर्थालु, एवं व्रतालु महिलाहरुको भीड छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरु भएको पौराणिक मान्यता छ ।

वरदान विपरित पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरित भगवान विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाउनु भयो । पार्वती समस्यामा परेको थाहा पाएपछि उहाँका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।

साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गर्नुभयो । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका (तिज) को व्रत लिने प्रचलन शुरु भएको शास्त्रीय कथन छ ।

Categorized in राष्ट्रिय