जुलाईमा इंग्ल्यान्ड र वेस्ट इन्डिज बीच टेस्ट क्रिकेट हुने
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ २१, बुधबार

इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध आउँदो जुलाईमा २१ दिनको अवधिमा तीन टेस्ट खेल्ने भएको छ ।
खेलका लागि वेस्ट इन्डिज क्रिकेट टिम यहि जुन ९ मा इङ्गल्यान्ड पुग्नेछ ।
इङ्गल्यान्ड पुगेर संक्रमणको जोखिमलाई ध्यानमा राखेर वेस्ट इन्डिज क्रिकेट टिमले म्यानचेस्टरमा तीन साता क्वारेन्टाइनमा बस्नेछन् ।
वेस्ट इन्डिज क्रिकेट टीमका लागि क्वारेन्टाइनमा बस्न खेल हुने हुने मैदान नजिकैको होटलमा व्यवस्था गरिने भएको छ ।
तीन साताको क्वारेन्टाइन बसाईँपछि मात्रै वेस्ट इन्डिजका खेलाडिले अभ्यास थाल्ने बताइएको छ ।
त्यसपछि पहिलो टेस्ट जुलाई ८ देखि १२ सम्म साउथह्याम्पटनमा हुनेछ । यस्तै दोस्रो टेस्ट जुलाई १६ देखि २० सम्म र तेस्रो टेस्ट जुलाई २४ देखि २८ सम्म म्यानचेस्टरमा हुनेछ ।
यसअघि इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच ४ देखि २९ जुलाईमा खेल्ने भनिएको टेस्ट क्रिकेट म्याच कोरोना महामारीका कारण स्थगित भएको थियो ।
अब सोही खेल जुलाईबाट शुरु गर्ने गरि नयाँ खेल तालिका सार्वजनिक गरिएको हो ।
इंग्ल्यान्डले पाकिस्तान, अस्ट्रेलिया र आयरल्यान्डविरुद्ध खेल्ने सिरिज पनि महामारीकै कारण प्रभावित बनेको छ ।
तीन वटै देशविरुद्धका खेलहरूको मिति चाँडै नै सार्वजनिक गरिने बताइएको छ ।
Categorized in स्पाेर्ट्स