भक्तपुरमा आगलागीबाट करीब साढे दुई लाखको धनमाल नष्ट
SamacharDesk – बिकाश | २०७७ पौष २४, शुक्रबार

भक्तपुरको सुर्यविनायकस्थित एक कच्ची घरमा हिजो राती आगलागी भई करीब साढे दुई लाख बराबरको धनमाल नष्ट भएको छ ।
सूर्यबिनायक नगरपलिका–७ गुण्डु बस्ने ५० वर्षीय किसन भक्त खत्रीको कच्ची घरमा हिजो राति आगलागी भएको थियो ।
आगलागीमा परी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in समाज