arin enterprises

विकास निर्माणको काममा महानगरले अनुगमन गर्ने

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ जेठ २९, आइतबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिकाको दोस्रो बैठक बोलाएको छ ।

बैठकमा सडक विभाग, विद्युत प्राधिकरण, टेलिकम र खानेपानी विभागसंग समन्वय गरेर काम गर्ने विषयमा छलफल भएको बताउनुभएको छ ।

उहाँले आफूले सडक, विद्युत, टेलिकम र खानेपानीका प्रमुखहरुसंग छलफल गरी उनीहरुको कामको अनुगमन महानगरले गर्न पाउनुपर्ने माग राखेको जानकारी दिनुभयो । हरेक महिनाको पहिलो सोमबार ती कार्यालयका प्रमुखहरुसंग छलफल गर्ने सहमति भएको पनि उहाँले बताउनुभयो ।

यस्तै सर्वसाधारणका लागि प्रयोग गर्न दिने सरकारी तथा निजी संघसंस्थालाई कर छुट दिन नसकिने बताउनुभयो । महानगरको आह्वानमा उनीहरु सेवा दिन तत्पर भएको भन्दै मेयर शाहले कर छुट होइन सफाइ सामग्री उपलब्ध गराउने हो भन्नुभयो ।

वैठकमा उहाँले फोहोर कुहिने र नकुहिने गरी छुट्याएर उठाउन थालेलगत्तै कम्पोस्ट मल उत्पादन पनि थाल्नु पर्ने भन्दै बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटको एउटा सेक्सनमा कम्पोस्ट मलको कारखाना सञ्चालन गर्ने विषयमा छलफल भईरहेको जानकारी दिनुभयो ।

त्यसैगरी ल्याण्डफिल साइटमा जीवजन्तु र पर्यावरणमा असर नपुगोस भनेर दूर्गन्ध हटाउन जैविक रसायन प्रयोग गर्ने बताउनुभयो । वैठकमा वडाध्यक्षहरुले धुलो बढार्ने ब्रुमरको प्रयोग हुन नसकेको विषय उठाएकोमा मेयर शाहले तीन दिनभित्र ब्रुमरको चालक ब्यवस्था हुने र त्यसपछि बु्रमर संचालनमा आउने जानकारी दिनुभयो ।

वैठकमा सहभागी वडाध्यक्षहरुले ढल ब्यवस्थापन विभागले सर्वसाधारणबाट पैसा हरेक महिना उठाउने तर ढलको ब्यवस्थापन नगर्दा अप्ठेरो भएको भन्दै त्यसमा तत्काल कदम चाल्नुपर्ने सुझाव दिए ।

साथै फोहोर वापत घर घरबाट उठाउने गरिएको पैसा कहाँ गएको छ भन्ने विषयमा पनि महानगरपालिकाले खोजी गर्नुपर्नेमा वडाध्यक्षहरुले ध्यानाकर्षण गराएका छन् ।

Categorized in राष्ट्रिय