arin enterprises

संक्रमित धमाधम थपिँदै, २४ हजार नाघ्यो

SamacharDesk – बिकाश | २०७७ श्रावण २८, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ८४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २४ हजार ४ सय ३२ पुगेको हो ।

पछिल्लो पटक ६४ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या १६ हजार ७ सय २८ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ४ लाख ७३ हजार एक सय ७९ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार ४ सय ८१ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १४ हजार ८ सय ४६ छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ । आज एकैपल्ट थप ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

Categorized in राष्ट्रिय