arin enterprises

उपत्यका भित्रिनेहरु अनिवार्य होम क्वारेन्टिन बस्नुपर्ने

SamacharDesk – विकाश | २०७७ आषाढ ९, मंगलबार

उपत्यका बाहिरबाट काठमाडौं भित्रिनेहरु १४ दिन अनिवार्य होम क्वारेन्टीनमा बस्नुपर्ने भएको छ । गृह मन्त्रालयले आज परिपत्र जारी गर्दै बाहिरबाट काठमाडौं भित्रिनेहरु अनिवार्य १४ दिन होम क्वारेन्टीनमा बस्न भनेको हो ।

लकडाउनकै बीच उपत्यका बाहिरीनेहरु लकडाउन खुकुलो भएसँगै ठुलो संख्यामा काठमाडौं भित्रिन थालेका छन् । यसैबीच संक्रमणको जोखिम रहेको भन्दै घरधनीहरुले डेरामा प्रवेश नदिने र पिसिआर परिक्षणको  रिपोर्ट माग्ने हुँदा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुग्ने गरेका छन् ।

पिसिआर परिक्षण विना घर अथवा डेरामा पस्न नदिएको गुनासो सहित दैनिक हजार बढि व्यक्तिहरु परिक्षणका लागि टेकु पुग्ने गरेको मन्त्रालयले जनाएको छ ।

यस्तो अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी कोभिड १९ का लागि राष्ट्रिय परिक्षण मापदण्ड अनुरुप १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने र १४ दिन भित्र लक्षण देखिए मात्र अस्पताल जाने व्यवस्थाको परिपालना गराउन गृहले  भनेको छ ।

पिसिआर जाँचको लागि चिकित्सक र स्वास्थ्यकर्मीलाई अनावश्यक दवाव नदिने व्यवस्था मिलाउनका लागि नियमानुसार आवश्यक कारवाही गर्न पनि गृहले भनेको छ ।

Categorized in राष्ट्रिय