३ दिन शैक्षिक संस्था बन्द हुने
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ बैशाख २६, सोमबार

सरकारले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका शैक्षिक संस्था ३ दिनसम्म बन्द गर्ने निर्णय गरेको छ ।
स्थानीय निर्वाचनका लागि प्राय विद्यालयको प्रांगण तथा कक्षा कोठाहरुको प्रयोग हुने भएकोले पनि सरकारले उक्त निर्णय गरेको हो ।
मतदानस्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिको पढाई तीन दिनसम्म बन्द गर्न अनुरोध गरेको केन्द्रले जानकारी दिनुभयो ।
उक्त समयमा विद्यार्थीलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिइएको केन्द्रले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्र बमोजिम निर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न विद्यालय बन्द गर्न निर्देशन दिइएको केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।
Categorized in राष्ट्रिय