थ्रेड्सको वेब भर्सन सार्वजनिक
SamacharDesk – Aakash Rajopadhyaya | २०८० भाद्र १०, आइतबार

मेटाले थ्रेड्सको वेब भर्सन सार्वजनिक गरेको छ ।मेटाले आफ्नो नयाँ सामाजिक सञ्जाल प्लेटफर्म थ्रेड्सको वेब भर्सन सार्वजनिक गरेको हो ।
प्रयोगकर्ताहरुले threads.net बाट थ्रेड्स चलाउन सक्नेछन् ।
यसअघि एक्स (ट्वीटर)को प्रतिस्पर्धीका रूपमा पहिचान बनाएको थ्रेड्स मोबाइल एपमा मात्र उपलब्ध थिए । एपमा मात्र सिमित हुँदा निरन्तर सक्रिय प्रयोगकर्ता घट्न थालेपछि कम्पनीले गत हप्ता मात्रै वेब भर्सन ल्याउने घोषणा गरेको थियो ।
थ्रेड्सको वेबभर्सनमा इन्स्टाग्राम अकाउन्ट प्रयोग गरी लगइन गर्न सकिने छ ।
यसमा लिंक वा फोटोे सहित ५०० क्यारेक्टरको टेक्सट र पाँच मिनेटसम्मको भिडियो पोस्ट गर्न सकिने कम्पनीले जनाएको छ ।
तर अन्य प्रयोगकर्ताले पोस्ट गरेका कुरालाई भने लाइक वा शेयर भने गर्न सकिँदैन । लाइक वा शेयर गर्न चाहे थ्रेड्स एप डाउनलोड गर्न क्यूआर कोड आउँनेछ ।
त्यस्तै यसबाट आफ्नो प्रोफाइल एडिट गर्न र डाइरेक्ट मेसेज (डीएम) गर्नसमेत नसकिने बताइएको छ ।
Categorized in विज्ञान-प्रविधी