arin enterprises

देशका अधिकांश भूभागमा मेघगर्जनसहित भोलिसम्म वर्षा हुने

SamacharDesk | २०८० बैशाख १७, आइतबार

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ ।

गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको छ । काठमाडौँमा भने हिजो बेलुकापछि पानी पर्न रोकिएको भए पनि आज पनि हिजोको जस्तै गरी पानी पर्ने सम्भावना रहेको छ ।

आज काठमाडौंससहित देशका धेरै ठाउँमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखा जनाएको छ । काठमाडौंमा  मेघगर्जन र चट्याङसहित पानी पर्न सुरु भएको छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो २० घण्टाको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वर्षा काठमाडौं उपत्यकामा भएको छ । 

काठमाडौँ उपत्यकामा यो अवधिमा ४३ मिलिमिटर पानी परेको तथ्याङ्कले देखाएको छ । पश्चिमीसँगै स्थानीय वायु सक्रिय हुँदा देशभरको मौसम बदली भएको छ । हिजोदेखि धेरै ठाउँमा पानी परिरहेको छ ।

भोलि सोमबार पनि मधेस प्रदेशका एक–दुई ठाउँमा हावाहुरी चल्ने तथा केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Categorized in राष्ट्रिय