arin enterprises

आर्सनलको रोमाञ्चक जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर २०, बुधबार

इंग्लीस प्रिमियर लिगमा आर्सनलले रोमाञ्चक जित निकालेको छ । मंगलबार भएको खेलमा आर्सनलले लुटन टाउनमाथि ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो ।

आर्सनलका लागि खेलको इन्जुरी समयमा डेक्लन राइसले हेडमार्फत विजयी गोल गरेका थिए ।

खेलमा पहिलो अग्रता पाहुना टोली आर्सनलले लिएको थियो । आर्सनको लागि २० औं मिनेटमा गेब्रियल मार्टिनेलीले बुकायो साकाको पासमा गोल गरेको थियो ।

२५ औं मिनेटमा गेब्रियल ओशोले हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा गेब्रियल जिससले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाएका थिए । गेब्रिएल जिससले ४५ औ मिनेटमा पाहुना टोलीलाई २–२ गोलको बराबरीमा फर्काए ।

दोस्रो हाफको सुरुवातमा लगातार दुई गोल गर्दै घरेलु टोलीले शानदार पुनरागमन गरेको थियो । दोस्रो हाफमा ८ मिनेटको अन्तरमा घरेलु टोलीका एलिजा एडेबायो र रोस बार्कलेले गोल गर्दै लुटनलाई खेलमा ३–२ को अग्रता दिलाएका थिए ।

काइ हभार्टजले ६० औं मिनेटमा आर्सनलका लागि बराबरी गोल फर्काएका थिए ।

मार्टिन ओडेगार्डको क्रसमा इन्जुरी समयको अन्तिम मिनेटमा राइसले लण्डन टोलीका लागि विजयी गोल गरेका थिए ।

योसँगै आर्सनल ३६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । आर्सनलले दोस्रो स्थानको लिभरपुलसँगको दुरी ५ अंकले बढाएको छ ।

लुटन ९ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ । 

Categorized in स्पाेर्ट्स