arin enterprises

भिस्टाराको जहाजमा बम भएको हल्ला मात्र

SamacharDesk | २०८१ कार्तिक ६, मंगलबार

मंगलबार अपरान्ह नेपालमा अवतरण भएको भिस्टाराको जहाजमा बम रहेको हल्ला मात्र प्रमाणित भएको छ ।

भारतीय विमान भिस्तार एयरमा बम राखेको हल्ला फेक भएपछि विमानको पुनः उडान सुरु भएको छ । एक भारतीयले ह्वाट्सएपमा उक्त विमानभित्र बम छ भनेर धम्कीपूर्ण मेसेज आएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले विमानमा सर्च गरेको थियो भने हरेक यात्रुको बडी चेकजाँच गरिएको थियो ।

तर नेपाली सेनाको सर्चबाट बम नभेटिएपछि उक्त हल्ला झुटो भएको पुष्टि गरेको छ । मंगलबार अपरान्ह ४ः२७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमानमा बम राखिएको हल्लापछि करिब तीन घण्टा रोकिएर सर्च अभियान थालिएको थियो ।

भिस्टाराको जहाजमा बम वा अन्य कुनै शंकास्पद वस्तु नभेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिनुभएको छ ।

सेना तथा प्रहरीको सर्च अपरेसनले जहाजको आन्तरिक तथा वाह्य भाग एवं यात्रुका ब्यागेज सबै जाँच गर्दा शंकास्पद वस्तु केही नभेटिएपछि जहाजलाई खतरामुक्त प्रमाणित गरिएको उहाँको भनाइ छ ।

Categorized in राष्ट्रिय