arin enterprises

बाघको संख्या वृद्धि भएकोमा अभिनेता डिक्याप्रिओद्वारा खुसी व्यक्त

SamacharDesk | २०७९ श्रावण १४, शनिबार

नेपालले सन् २०२२ मा बाघको संख्यामा दोब्बर गर्ने प्रतिबद्धता पूरा गरेको छ ।

अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा हालै सार्वजनिक नेपालको बाघ गणनामा ३५५ वटा बाघ रहेको पुष्टि भएको थयो ।

सन् २०१० मा १२१ वटा रहेको बाघ १२ वर्षमा बढेर ३५५ पुगेको हो । नेपालले प्रतिबद्धता गरेको दोब्बर भन्दा पनि बढी बाघको संख्यामा वृद्धि गराएको छ । जसको विश्वभरबाट नै प्रशंसा पाएको छ ।

बाघ संरक्षणका दूत हलिउड अभिनेता लियोनार्डाे डिक्याप्रिओले नेपालले सोचे भन्दा बढी बाघ संख्यामा वृद्धि गराएकोमा खुशी व्यक्त गर्नुभएको छ ।

अभिनेता डिक्याप्रिओले यसलाई अविश्वसनीय उपलब्धि भनेका छन् । शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले नेपालले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता पूरा गरेको भन्दै यसलाई अनुकरणीय भनेका छन् ।

उनले बाघ बढेसँगै मानव बन्यजन्तुबीच द्वन्द्व हुन सक्ने भन्दै सुरक्षित सहअस्तित्वका लागि ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

नेपालले बाघ बढेसँगै उत्पन्न चुनौती सम्बोधन गर्न प्रधानमन्त्री मानव–वन्यजन्य उद्धार तथा राहत कोष सुरु गरेकामा पनि उनले खुशी व्यक्त गरेका छन् ।

Categorized in राष्ट्रिय