सामाजिक सद्भाव बिगार्ने टिकटकलाई कारबाही
SamacharDesk | २०८० कार्तिक २०, सोमबार

गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी टिकटकमा सामग्री पोष्ट गर्न कडाइ गरेको छ ।
गृह मन्त्रालयले सामाजिक सद्भाव बिगार्ने गरी टिकटक लगायत सामाजिक संजालमा सामग्री पोस्ट नगर्न आग्रह गरेको छ ।
सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लिल खालका गतिविधि पोस्ट गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले प्रहरीको साइबर ब्यूरो र टिकटकको मूख्यालय सिंगापुरबीच छलफल गरेपछि सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्न सजिलो भएको जिकीर पनि गरेको छ ।
Categorized in राष्ट्रिय