arin enterprises

कोरोना नियन्त्रणमा सरकारको काम अनुगमन गर्न संसदीय उपसमिति गठन

SamacharDesk – बिकाश | २०७७ भाद्र १०, बुधबार

कोभिड १० महामारीको नियन्त्रण र रोकथामका लागि सरकारको कामको अनुगमन गर्न संसदीय उपसमिति गठन गरिएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिको आज सम्पन्न अनलाइन वैठकले समिति अन्तर्गत अनुगमन र निरीक्षण उप समिति गठन गरिएको हो ।

कोभिड १९ को उपचार, रोकथाम तथा नियन्त्रणमा संघ, प्रदेश र स्थानीयका सरकारले गरेका काम कामहरु के कति प्रभावकारी भयो भनी अनुगमन तथा निरीक्षण गरि सरकारलाई सहयोग गर्नको लागि ७ सदस्यीय उप समिती गठन गरिएको बताइएको छ ।

संघीय सांसद जीवन राम श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिमा अन्य ६ जना सांसदहरु सदस्य रहेका छन् ।

समितिका सदस्यहरुमा हित बहादुर तामाङ, शन्त थारु, सरिता न्यौपाने, नमिता चौधरी, एकवाल मिया र अन्जना बिशंखे रहेका छन् ।

समितिका सभापति जयपुरी घर्तीको स्वास्थ्य समस्याको कारण लामो समयपछि भिडियो कन्फरेन्स मार्फत समितिको वैठक बसिएको थियो । 

वैठकमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि बिचमा बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९ ) को संक्रमण नेपालमा बढदै गई रहेको अवस्थामा सम्भावित खतरा, उपचार ,रोकथाम र नियन्त्रण गर्नको लागि छलफल भएको थियो । 

समितिले छलफलबाट आएका निष्कर्षसहित सरकारलाई सुझाव र निर्देशनहरु पनि दिएको छ । 

Categorized in राष्ट्रिय