आज विश्व संगीत दिवस र वर्षको सबैभन्दा लामो दिन पनि
SamacharDesk – शिवेश शर्मा | २०७७ आषाढ ७, आइतबार

आज जुन २१, संसारमा सबैभन्दा लामो दिनको रुपमा लिइने दिन र विश्व संगीत दिवस ।
विश्वभरी नै विभिन्न सांगीतिक प्रस्तुति दिनुका साथै संगीतसँग सम्वन्धित भएर विभिन्न कार्यक्रम गर्दै संगीतकर्मी र संगीतप्रेमीहरु यो दिवस मनाउँदैछन् ।
संगीतप्रेमी र संगीतकर्मीका लागि विशेष दिनको रुपमा रहेको यो दिवसमा यस वर्ष भने कोरोना महामारी कारण ठुलठुला कन्सर्ट वा ठुलो संख्याको जमघट गरी मनाउन भने पाइएन ।
यद्यपि घरमै बसेर भच्र्युअल रुपमा अथवा भनौं सामानिक सञ्जालमार्फत् साँगितिक प्रस्तुति दिँदै अथवा अरुको प्रस्तुति हेरेर पनि आज विश्व संगीत दिवसलाई मनाईँदैछ ।
साथमा भच्र्युअल संसारमार्फत नै विश्व संगीत दिवसको शुभकामना आदान प्रदान पनि गरिँदैछ ।
विश्वव्यापी रुपमा कोरोना भाईरस संक्रमणको जोखिम रहेको समयमा यो एक यस्तो दिवस हो जुन घरमै बसी सुरक्षित भएर भव्यताका साथ नै मनाउन सकिन्छ ।
संसारमा सबैभन्दा लामो दिनको रुपमा लिइने जुन २१ लाई सन् १९८२ बाट फ्रान्सेली संस्कृतिमन्त्री ज्याक ल्याङले विश्व संगीत दिवसको सुरुवात गरेका थिए
फ्रान्सबाट सुरु भएकै कारण यस दिनलाई फ्रेन्च भाषामा ‘फेट डे ला म्युजिक्यु’ भनिन्थ्यो । पछि विश्वका एक सय २० देशहरुले पनि यो दिवस मनाउन थालेदेखि ‘वल्र्ड म्युजिक डे’ भन्न थालियो ।
हाल विश्वका एक सय ३० राष्ट्र र एक हजार बढी सहरहरुमा यो दिवस मनाउने गरिन्छ ।
आजै संसारको सबैभन्दा लामो दिन
जुन २१ लाई वर्षभरीमा सबैभन्दा लामो दिन र छोटो रातको रुपमा पनि मानिन्छ ।
तर यो मान्यता उत्तरी गोलार्ध्दमा बसोबास गर्नेहरुका लागि मात्र सत्य हुन जान्छ ।
यो दिनमा सूर्य पृथ्वीको ‘ट्रपिक अफ क्यान्सर’ नामक काल्पनिक रेखामाथि बस्न जान्छ । त्यहि कारणले जुन २१ मा दिन लामो हुने हो ।
भोलिदेखि सूर्य दक्षिणमा सर्दै जानेछ ।
यो सिद्धान्त दक्षिण एसियामा भने लागू हुँदैन ।
नेपाल लगायत दक्षिण एशिया क्षेत्रमा भने असार मसान्तलाई सबैभन्दा लामो दिनको रुपमा लिइन्छ ।
श्रावण १ गतेदेखि सूर्य दक्षिणमा सर्ने र माघ १ गतेदेखि उत्तरमा सर्ने मान्यता यस क्षेत्रमा रहेको छ ।
उत्तरी गोलार्ध्दमा बसोबास गर्नेलाई जुन २१ सबैभन्दा लामो दिन हुन्छ भने दक्षिणी गोलार्ध्दमा बसोबास गर्नेका लागि आजको दिन सबैभन्दा छोटो दिन हो ।
Categorized in पेजथ्री