arin enterprises

टोनी क्रुसद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ २०, आइतबार

 जर्मनी र स्पेनिस क्लब रियल म्याड्रिड मिडफिल्डर टोनी क्रुसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।

उनले शुक्रबार ११ वर्षेपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्दै क्लब फुटबलमा ध्यान केन्द्रित गर्ने बताएका छन् । क्रुस २०१० देखि  विश्वकप विजेता जर्मनी टिमका नियमित सदस्य रहदै आएका थिए ।

उनले जर्मनीका लागि १ सय ६ खेलमा १७ गोल गरेका छन् । जर्मनीले सन् २०१४ को विश्वकप जित्दा उनी टिममा रहेका थिए ।

जारी युरोकपमा उनले ४ खेल खेलेका छन् तर गोल गर्न भने असफल भएका थिए । 

 क्रुस रियल म्याड्रिडका महत्वपूर्ण खेलाडी पनि हो ।

उनी सन् २०१४ मा जर्मन क्लब बायर्न म्युनिखबाट रियलमा आएका थिए । 

Categorized in स्पाेर्ट्स