arin enterprises

प्रदेश सभा सदस्यतर्फ काठमाडौंको सम्पूर्ण मतपरिणाम

SamacharDesk – बिराज | २०७९ मङ्सिर ९, शुक्रबार

गत मंसीर ४ गते सम्पन्न आम निर्वाचन २०७९ को मतपरिणाम सार्वजनिक भइरहँदा धेरैका लागि अप्रत्याशित किसिमको नतिजा देखिरहेका छन् ।

विशेष गरी लामो समय सत्तामा बसेका पुराना दलको लागि धक्का नै लागेको देखिएको छ भने मतदाताले नयाँ दल र युवा उम्मेदवारलाई संसद पुर्‍याइदिएका छन् ।

मतपरिणामहरु आउने क्रममा काठमाडौंमा प्रतिनिधि सभाको साथै प्रदेश सभातर्फ पनि सम्पूर्ण नतिजा आइसकेका छन् ।

प्रदेश सभातर्फको नतिजामा २० क्षेत्रमध्ये नेपाली काँग्रेसले ८ क्षेत्रमा विजय हासिल गरेको छ । नेपाली काँग्रेसले काठमाडौं क्षेत्र नम्बर १ (क) र (ख), क्षेत्र नम्बर ३ (क) र (ख), ४ (क), ५ (ख), ६ (क), र १० (क) मा जित हासिल गरेको छ ।

दोश्रो नम्बरमा भने पाँच वटा क्षेत्रमा किल्ला गाड्दै राप्रपा रहेको छ । राप्रपा क्षेत्र नम्बर २ (क) र (ख), ५ (क), ८ (ख) र ९ (क) मा विजयी भएको छ ।

प्रतिनिधि सभातर्फ काठमाडौंमा एउटै मात्र क्षेत्रमा जितेको नेकपा (एमाले) का उम्मदेवारहरुले ४ वटा क्षेत्रमा विजयी हुन सफल भएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ (ख), ६ (ख), ७ (ख) र ९ (ख) मा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

नेकपा (एमाले) बाट टुक्रिएको पार्टी नेकपा (एस) ले काठमाडौं क्षेत्र नम्बर ७ (क) र १० (ख) मा विजय हासिल गरेको छ भने हाम्रो नेपाली पार्टीले काठमाडौं क्षेत्र नम्बर ८ (क) एक ठाउँमा मात्र जितेको छ ।

Categorized in राजनीति