टोटनह्यामको शानदार जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर २५, सोमबार

प्रमियर लिग फुटबलमा टोटेनह्यामले शानदार जित निकालेको छ । आईतबार टोटेनह्यामले न्युक्यासलमाथि ४–१ को शानदार जित निकालेको हो ।
टोटनह्यामको घरेलु मैदानमा भएको खेलको २६ औं मिनेटमा डेस्टिनी उडोगीले गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए ।
रिचर्डलिसनले ३८ औं र ६० औं मिनेटमा गोल गर्दै टोटेनह्यामलाई ३–० को अग्रता दिलाए ।
खेल सकिन ५ मिनेट अघि कप्तान सन ह्युग मिनले पेनाल्टी मार्फत गोल गर्दै टोेटेनह्यामलाई ४–० को शानदार अग्रता दिलाएका थिए ।
खेलको इन्जुरी समयमा जोएलिन्टनले पाहुना टोलीको लागि सानत्वना गोल गरे ।
अक्टोबरमा क्रिस्टल प्यालेसलाई हराएपछि जित विहीन देखिदै आएको टोटेनह्यामले पछिल्ला ५ मध्य ४ खेल गुमाएको थियो ।
यो जितसँगैै ३० अंक जोडेको टोटेनह्याम पाँचौं स्थानमा छ ।
न्युक्यासल २६ अंक सहित सातौं स्थानमा यथावत रहेको छ ।
Categorized in स्पाेर्ट्स