arin enterprises

वेस्ट ह्याममाथि टोटनह्यामको जीत

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ १०, बुधबार

इंग्लिस प्रिमियर लिगमा मंगलबारको खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई हराएको छ ।  

मंगलबार राति भएको खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई २(० ले हराएको हो ।

बिना दर्शक टोटनह्याम हटस्पर स्टेडियममा खेलाइएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

टोटनह्यामले पहिलो गोल भने वेस्ट ह्यामबाटै पायो । दोस्रो हाफमा ६४औं मिनेटमा वेस्ट ह्यामका तोमस् स्युचेकले आत्मघाती गोल गरेपछि टोटनह्यामले अग्रता लिएको थियो ।

त्यस्तै ८० औं मिनेटमा ह्यारी केनले गोल गर्दै अग्रतालाई दोब्बर बनाउँदै टोटनह्यामलाई २–० को नतिजासहित जीत दिलाए ।

यो जितसँगै टोटनह्याम ३१ खेलबाट ४५ अंक बटुल्दै सातौं स्थानमा छ । शीर्ष स्थानमा ३० खेलबाट ८३ अंकसहित लिभरपुल छ ।

मंगलबार राति भएको अर्को खेलमा लेस्टर सिटि र ब्राइटनले गोलरहित बराबरी खेलको छ ।

Categorized in स्पाेर्ट्स