६० प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ बैशाख ९, आइतबार

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा १५१औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार एक कार्यक्रमको आयोजना गरी तालिमको समापन गरीएको छ ।
कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले आर्थिक प्रलोभनमा नपरी अनुशासित एवम् मर्यादित भई तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप प्रयोग गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिए ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर थापाले गत फागुन १० गतेदेखि संचालित तालिममा प्रहरी हवल्दार २, प्रहरी सहायक हवल्दार १० र प्रहरी जवान ४८ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिए ।
Categorized in समाज