arin enterprises

कामपा वडा २१ बाट लैङ्गिक हिंसा सम्बन्धी प्रशिक्षण

SamacharDesk – बिराज | २०८१ फाल्गुण १०, शनिबार

काठमाडौँ महानगरपालिकाका सेवा केन्द्रहरु लैङ्गिकमैत्री सुनिश्चित गर्न जनप्रतिनिधि र कर्मचारीको समान चासो आवश्यक पर्ने उपप्रमुख सुनिता डंगोलले बताएकी छन् ।

कामपा वडा नं. २१ ले आयोजना गरेका लैङ्गिक हिंसा र सेवा प्रवाह विषयक एक दिवसीय प्रशिक्षण कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले हिंसा के हो, थाहा पाउन कानुन जान्नुपर्ने विचार राखिन् ।

‘महानगरपालिकाले मेलमिलापकर्ताबाट मेलमिलाप, कानुन सहजकर्ताबाट कानुनी तथा प्रशासनिक सेवा, विपन्नलाई कानुन व्यवसायीमार्फत निःशुल्क कानुनी सेवाको व्यवस्था गरेका छौँ । यसलाई प्रभावकारी बनाउन महिला सञ्जालको भूमिका छ’ डंगोलले भनिन् ।

वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले महिला सञ्जालको क्रियाशीलताले स्थानीय विवाद समाधानमा ठुलो मद्दत पुगेको अनुभूति सुनाए ।

‘हरेक व्यक्तिले आफ्नो अवस्था र भूमिका थाहा पाउनु पर्छ । परिस्थितिलाई बुझ्न सकिएन भने अनपेक्षित घटना घट्न सक्छ । यसबाट आफ्नै क्षमताले मात्र बचाउन सक्छ’ प्रशिक्षक गुजेश्वरी श्रेष्ठले भनिन् ।

सञ्जालका संयोजक ज्ञानु डंगोल महर्जन, वडा सचिव मोक्षप्रसाद दुलाल (बासु) लैङ्गिक हिंसा न्यूनीकरणका लागि वडासँग सम्बन्धित पदाधिकारीहरुमा लैङ्गिकमैत्री आचरण आवश्यक रहेकोले प्रशिक्षण आयोजना गरिएको बताए ।

Categorized in स्थानीय