arin enterprises

शुज अभियान सफल बनाउन जसपाको प्रशिक्षण कार्यक्रम

SamacharDesk – बिराज | २०७८ भाद्र १०, बिहिबार

जनता समाजवादी पार्टी (जसपा) नेपालको शुद्धिकरण तथा जनजागरण ‘शुज’’ अभियानलाई सफल बनाउन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

जसपाको विभिन्न उपसमितिहरुको संयुक्त आयोजनामा काठमाडौंमा प्रशिक्षण कार्यक्रम गरिएको हो । बागमती (नेवाः ताम्सालिङ्ग) प्रदेश अन्तर्गतका १३ जिल्लाका पदाधिकारीहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जसपा संघीय परिषद अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, कार्यकारिणी सदस्य राजेन्द्रप्रसाद श्रेष्ठको साथमा राजकिशोर यादव, हिसिला यमि, गंगा नारायण श्रेष्ठ र मनरत्न शाक्यले संबोधन गरेका थिए ।

जसपा बागमती प्रदेश समिति, नेपाल गैरभोगोलिक प्रदेश समिति, नेवाः राष्ट्रिय समिति, ताम्सालिङ्ग राष्ट्रिय समिति र शेर्पालुङ राष्ट्रिय समितिले संयुक्त रुपमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

पार्टीले शुज अभियानलाई बागमती (नेवाः ताम्सालिङ्ग) प्रदेश का १३ जिल्लामा ४ महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको छ । र विभिन्न जिल्लामा अभियानको संयोजनको लागि यस ४ महिनाको अवधिका लागि विभिन्न केन्द्रिय सदस्यहरुलाई संयोजक तोकेको छ ।

संयोजक तोकेकोमा काठमाडौं जिल्लामा लालबहादुर तमाङ्ग, ललितपुरमा डि बि लिम्बु, भक्तपुरमा बिरेन्द्र प्रधान, काभ्रेमा अक्कल बहादुर थिङ्ग र सिन्धुपाल्चोकमा भिम पराजुली र सिन्धुलीमा दिर्घ लाल श्रेष्ठ रहेका छन् ।

त्यस्तै रामेछापमा सिङ्ग बहादुर तामाङ, दोलखामा आङ्गदेण्डि शेर्पा, नुवाकोटमा डा.भिमलाल तामाङ, रसुवामा दावा तामाङ्ग, धादिङमा राजु नेपाल, मकवानपुरमा बिद्युत बज्राचार्य र चितवनमा महेन्द्र श्रेष्ठलाई संयोजक तोकेको छ ।

यसैगरी महानगरपालिका अन्तर्गत काठमाडौ महानगरमा शोभा बज्राचार्य, ललितपुर महानगरका लागि शाक्य सुरेन र भरतपुर महानगरमा तारा सिह बिश्वकर्मा संयोजक चयन भएका छन् । 

पार्टीबाट महन्थ ठाकुर समूह छुट्टिएर गइ अलग्ग पार्टी बनाएकै समयमा जसपाले यस अभियान र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिइरहेको छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082