arin enterprises

सरकारले यातायात व्यवसायीहरुलाई नयाँ नियम लागू गर्ने

SamacharDesk | २०८० जेठ २८, आइतबार

सरकारले असार १ गते देखि सार्वजनिक यातायातलाई व्यवस्थित गर्न नयाँ नियम लागू गर्दैछ ।

मध्यम तथा लामो दूरीमा चल्ने सवारीका लागि सन्देशमूलक अडियो बजाउनुपर्ने, ठूलो आवाजमा संगित बजाउन नपाइने, सवारी चालक तथा सहचालकहरुको कम्तीमा तीन महिनामा एकपटक स्वास्थ्य परीक्षण गराउनुपर्ने लगायतका नियम लागू गर्न सरकार अघि बढेको छ।

त्यस्तै चालक र सहचालकले पहिचान खुल्ने गरी अनिवार्य रुपमा पोशाक लगाउनु पर्ने र कम्पनीले दिएको परिचयपत्र लगाउने व्यवस्था गर्न सरकारले व्यवसायीहरुलाइ निर्देशन दिएको छ।

लामो रुटका सार्वजनिक सवारीमा चालक र सहचालकले अभद्र व्यवहार गर्ने, यात्रुले पनि सरसफाइ लगायतका विषयमा ध्यान नदिँदा सार्वजनिक सवारी साधन व्यवस्थित हुन नसकेको भनाइ सर्वसाधारणको छ । असार १ गतेदेखि सार्वजनिक सवारीमा यी नियमहरु टाँसिसकेपछि निगरानी अगाडि बढाउने र नियमित अनुगमन गर्ने  विभागले जनाएको छ ।

सो नियम पालनका लागि यातायात व्यवसायीहरु पनि लागिपरेका छन् । सवारी साधनमा थप्नु पर्ने सुविधाचालक, सहचालकलाइ दिनुपर्ने तालिम दिन व्यवसायी व्यस्त छन् ।

सवारी साधनमा काम गर्ने कर्मचारी मात्र होइन टिकट काउण्टरमा काम गर्ने कर्मचारीहरुले यात्रीसँग बोल्ने शैली र व्यवहार सुधार गर्न व्यवसायीहरुले तयारी थालेका छन् ।

यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०६० संशोधन गरी सार्वजनिक सवारीलाइ व्यवस्थित बनाउन चालक र सहचालकले यात्रीसँग नम्र, शिष्ट तथा भद्र बोली व्यवहार गर्नुपर्ने र अनावश्यक कुरा गर्न नपाइने जस्ता नियमहरु टिकट काट्ने ठाउँमा र सवारी भित्रै टास्न थालेका छन् ।

Categorized in राष्ट्रिय