ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवक नबनाउन इन्सेकको आग्रह
SamacharDesk | २०८१ जेठ १८, शुक्रबार

गृहमन्त्रालय अन्तर्गत उपत्यका ट्राफिक कार्यालयले चलाएको मापसे लगायत ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने नियम विरुद्ध इन्सेककले आपत्ति जनाएको छ ।
गृहमन्त्री रवि लामिछानेको उक्र निर्णय कानुन विपरीत भएको इन्सेकले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ । गृहमन्त्री रवि लामिछानेले जेठ १५ गते सामाजिक संजालमा एक स्ट्याटस पोष्ट गरेको भोलिपल्टदेखि उक्त नियम उपत्यका ट्राफिक कार्यालयले कार्यान्वयनमा ल्याएको छ ।
जसअनुसार ट्राफिक नियम उल्लंघनकर्ताहरूलाई २ घण्टासम्म ट्राफिक प्रहरीको स्वयंसेवकको रुपमा सडकमा खटाउने गरेको छ ।
यस सम्बन्धमा इन्सेकले आपत्ति जनाउँदै विज्ञप्तिमा भनेको छ, नियमको नाम दिएर श्रममा खटाउन थालेको र सवारी ऐनमा व्यवस्था नभएको उपाय अबलम्वन गर्नु लहडको शासनद्वारा विधिको शासनको प्रतिस्थापन गर्न खोजेको उल्लेख गरेको छ ।
गृहमन्त्रीको आदेशपछि जेठ १६ गते बिहानदेखि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे), तीव्र गति, रातो बत्ती उल्लङ्घन र लेन अनुशासन पालना नगरेकोमा आर्थिक जरिवानासहित थप एक घण्टा स्वयंसेवकका रूपमा श्रम सजाय दिन थालेको छ ।
Categorized in राष्ट्रिय