arin enterprises

ट्रम्प सामाजिक संजालमा ब्लक

SamacharDesk – बिकाश | २०७७ पौष २३, बिहिबार

सामाजिक संजालमा फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पेजलाई २४ घन्टाका लागि पोस्टिङमा रोक लगाएको छ ।

ट्रम्पका पोस्टले दुई वटा नीति उल्लंघन गरेकाले २४ घन्टाका लागि पेजमा पोस्ट गर्नमा रोक लगाएको फेसबुकले जनाएको छ ।

‘हामीले राष्ट्रपति ट्रम्पको पेज विरुद्ध दुई नीति उल्लंघनको मूल्याङ्कन गरेका छौं, जसले २४ घन्टा सुविधा प्रतिवन्धको परिणाम दिन्छ’ फेसबुकले भनेको छ ।

यस अघि ट्वीटरले पनि राष्ट्रपति ट्रम्पको ट्वीटर अकाउन्टमा १२ घन्टाका लागि प्रतिवन्ध लगाएको थियो । चुनावसम्वन्धी पोस्टलाई लिएर ट्रम्पलाई ब्लक गरिएको बताएको छ ।

ट्रम्पका पछिल्लो ३ वटा पोस्टले नागरिक अखण्डता नीतिको उल्लंघन गरेको ट्वीटरले जनाएको छ । ट्रम्पले ती ट्वीटहरु नहटाए उनको अकाउन्ट बन्द नै रहने ट्वीटरले जनाएको छ ।

ट्रम्पको यिनै सन्देशका कारण नै डिसीमा हिंसा भड्किएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएको छ । उनले चुनावमा धाँधली भएको भन्दै ट्वीटर र फेसबुकमा पोस्ट गरेका थिए ।

यसैबीच युट्युबले पनि ट्रम्पको भिडियो सन्देश हटाएको छ ।

Categorized in अन्तर्राष्ट्रिय