ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द
SamacharDesk – बिकाश | २०७७ पौष २५, शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंको लागि बन्द गरिएको छ । हिंसालाई प्रोत्साहित गर्न आशंकामा ट्रम्पको अकाउन्ट बन्द गरिएको ट्वीटरले जनाएको छ ।
ट्रम्पका पछिल्ला ट्वीटसलाई गहनताले समीक्षा गरिएको समेत ट्वीटरले जनाएको छ । @realDonaldTrump को ट्वीटको सन्दभहरुलाई समेत समीक्षा गर्दै यो निर्णय लिइएको ट्वीटरको भनाई हो ।
यसअघि नीति तथा नियमको उल्लंघन गरेको भन्दै ट्रम्पको ट्वीटर अकाउन्टलाई १२ घन्टाका लागि लक गरिएको थियो ।
ट्रम्पकै ट्वीटका कारण क्यापिटल हिलमा हिंसा भड्किएको आरोप आफुमाथि लागिरहँदा बुधवारको ट्वीटमा ट्रम्पले आफ्ना समर्थकहरुलाई देशभक्त भनी सम्वोधन गरेका थिए ।
पछिल्लो समय ट्रम्प सामाजिक संजालका सबै माध्यमबाट ब्लक भइरहेका छन् ।
विहिबार फेसबुकले पनि ट्रम्पको अकाउन्टलाई अनिश्चितकालको लागि बन्द गरिदिएको थियो भने उनको इन्स्टाग्राम अकाउन्टा समेत ब्लक भएको छ ।
लोकप्रिय गेमिंग प्लेटफर्म ट्विचले समेत ट्रम्पको च्यानलमाथि अनिश्चितकालीन प्रतिवन्धको घोषणा गरिसकेको छ । अनलाइन स्टोर शोपिफाइबाट समेत ट्रम्पका सबै क्याम्पेग्नलाई ब्लक गरिसकेको छ ।
रेडिटले ट्रम्प समर्थकहरुको डोनाल्ड ट्रम्प फोरमलाई ब्यान्ड गरेको छ ।
हाल ट्रम्प स्न्यापच्याट चलाउँदैछन् ।
Categorized in अन्तर्राष्ट्रिय