युद्धविराम अन्त्य भएको घोषणा गर्ने ट्रम्पको चेतावनी
SamacharDesk – बिराज | २०८१ माघ २९, मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास र इजरायल बिचको युद्धविराम अन्त्य गर्ने चेतावनी दिएका छन् ।
हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेसँगै हमासले बन्धक रिहा नगरेमा युद्धविराम अन्त्य भएको घोषणा गर्ने चेतावनी दिएका हुन् ।
इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको हो ।
हमासको यो घोषणामाथि प्रतिक्रिया दिंदै ट्रम्पले युद्धविराम अन्त्य गरेर हमासलाई निमिट्यान्न पार्ने प्रस्ताव राख्न बाध्य हुने चेतावनी दिए ।
आगामी फेब्रुअरी १५ शनिबारसम्ममा सबै बन्धक रिहा गर्न ट्रम्पले चेतावानी दिए । आगामी शनिबारसम्म स्थानीय समय अनुसार दिउँसो १२ बजेसम्ममा सबै बन्धकलाइ रिहा गर्न ट्रम्पले चेतावनी दिएका हुन् ।
ट्रम्पले बन्धक रिहा गर्न पाँच दिनको समय पर्याप्त भएको भन्दै चेतावनीको वेवास्ता गरे त्यसको परिणाम भोग्न तयार हुन हमासलाई चेतावनी दिएका छन् ।
हमासको घोषणाको विषयमा इजरायलले भने प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।
Categorized in अन्तर्राष्ट्रिय