arin enterprises

टुकुचा खोलाको खोजी

SamacharDesk | २०७९ भाद्र ३१, शुक्रबार

काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको कम्पाउन्ड भत्काएर टुकुचा खोला फेला पारेको छ । हात्तिसार क्षेत्रमा निर्मित ठूलठूला भवनले टुकुचा खोलामाथि नै भवनहरु बनाएको छ ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जयनेपाल हलदेखि नै गायब भएर फेरि कमलादी आसपासमा भेटिन्छ । विगत लामो समयदेखि स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेका थिए ।

गत साउन १२ गते काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।

सोही अनुरुप टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा खनेको थियो ।

महानगर टुकुचा खोलाको नक्सा संकलन गर्दै मार्किङ सुरु गर्दा काठमाडौंको जमलमै रहेको जय नेपाल सिनेमा हलले नै मिचेको देखेपछि बिहीबार डोजेर लिएर पुगेको थियो ।

उत्खनन्का क्रममा जयनेपाल हल परिसरमा १५ फिटसम्म खनेपश्चात पानी बगिरहेको अवस्थामै टुकुचा खोला फेला परेको थियो ।

Categorized in राष्ट्रिय