arin enterprises

आज निर्जल एकादशी मनाईंदै

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ जेठ २७, शुक्रबार

वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्ना घरका मठमा तुलसीको विऊ छर्दै आज निर्जला एकादशी मनाइरहेको छ ।

जल समेत नखाई ब्रत बस्ने भएकाले यस एकादशीलाई निर्जला एकादशी भनिएको हो । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीऊ राप्ने गरिन्छ ।

हरिशयनी एकादशीका दिन तुलसी रोप्न आजको दिन अर्थात आषाढ शुक्ल एकादशीका दिन विऊ छरेर उमार्ने गरिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्मका तुलसीको विशेष पूजा गरिन्छ । उक्त अवधिमा तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महीनालाई चतुर्मास भनिन्छ ।

आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ ।

तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।

Categorized in राष्ट्रिय