arin enterprises

नेपालभाषाका दुई वटा गीतको म्यूजिक भिडियो सार्वजनिक

SamacharDesk – बिराज | २०८० फाल्गुण ८, मंगलबार

नेपालभाषाका दुई वटा गीतको म्यूजिक भिडियो एक साथ सार्वजनिक गरिएको छ ।

भक्तपुरमा सम्पन्न एक कार्यक्रममा यमन श्रेष्ठबाट स्वरबद्ध गीत ‘यःमां जितः ब्याहा यानाब्यु’ को साथमा गायक सुरजबीर बज्राचार्यको ‘का रे मयजु’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी नीर शाहले दुबै म्यूजिक भिडियो सार्वजनिक गरेका थिए ।

म्यूजिक भिडियो सार्वजनिक गरेपछि कार्यक्रममा बोल्दै वरिष्ठ चलचित्रकर्मी शाहले नेपालभाषाको म्यूजिक भिडियोमा मौलिकता पस्किन सुझाव दिए ।

नेवार समुदाय मूर्त अमूर्त सम्पदा, संस्कृतिको धनी भएकोले आफ्नै समाजको मौलिकताले चलचित्र वा म्यूजिक भिडियोलाई उत्कृष्ट बनाउन सकिने शाहको सुझाव हो ।

‘नेवार समुदाय आफैंमा एउटा जीवन्त संस्कृति, सम्पदा हो । अन्तको कृत्रिमता आवश्यक नै छैन । आफ्नै समुदायको मौलिकताले नेवार चलचित्र वा म्यूजिक भिडियो उत्कृष्ट र सम्पन्न बनाउन सक्छ’ शाहले भने ।

संगीत र चलचित्रको माध्यमबाट नेवार सभ्यता नयाँ पुस्तामा पुस्तान्तरण गर्न सकिनेमा शाहले जोड दिए ।

सार्वजनिक गरिएको दुई म्यूजिक भिडियोमध्ये यमनको आवाज रहेको ‘यःमां जितः ब्याहा यानाब्यु’ शब्द संगीत कृष्णभक्त महर्जनको रहेको छ ।

म्यूजिक भिडियोको निर्देशन राजन शाहीले गरेका छन् भने छायाङ्कन, दृश्य सम्पादन बाल कुमार र अनिल मगरले गरेका छन् । भिडियोमा रुपेन श्रेष्ठ ‘थक्वाःमि’, कृष्णभक्त महर्जन, अनिता ताम्राकार लगायतका कलाकारले अभिनय गरेका छन् ।

गीत ग्रेटर नेपाल इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

अर्को म्यूजिक भिडियो ‘कारे मयजु’ को निर्देशन बाल मुकुन्द प्रजापतिले गरेका छन् भने रविता बाके, सीताराम माकः, महेश हाडा लगायतका कलाकारको अभिनय रहेको छ ।

गायक बज्राचार्यले नै रचना गरेको गीतमा संगीत सुरज ब्यन्जनकारको रहेको छ ।

सोही कार्यक्रममा नेपालभाषाको नयाँ चलचित्र धर्मलक्ष्मीको प्रमो पनि सार्वजनिक गरिएको थियो ।

Categorized in पेजथ्री