arin enterprises

सालकको खपेटा सहित दुई जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ पौष १६, बिहिबार

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट सालकको खपेटा सहित २ जनालाई पक्राउ गरिएको छ ।

धादिङ धुनिबेशी नगरपालिका–५ का १९ वर्षीय मनोज राई र नुवाकोट बेल्कोटगडि नगरपालिका–२ का २३ वर्षीय सूर्य तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ६१३८ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार राईको झोलामा उक्त खपेटा फेला पारेको हो ।

राईसँग सोधपुछ पछि उक्त खपेटा लिन आएका तामाङलाई काठमाडौंको सितापाईलाबाट पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले राई र तामाङलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Categorized in अपराध