arin enterprises

नक्कली नोट छाप्ने मेसीनसहित दुई जना पक्राउ

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ पौष २२, मंगलबार

नक्कली नोट छाप्ने प्रिन्टिङ मेसीन, कम्प्युटरसहित दुई जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका छन् ।

प्रहरीले नक्कली नोट छाप्ने मेसीनसहित बारा कलैया उपमहानगरपालिका २ कवलपुरका शंकर यादव, बारा फेटा गाउँपालिका ३ का रवि कुमार श्रीवास्तवलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त बौद्धबाट खटिएको संयुक्त प्रहरी टोलीले ती दुइ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई बि आर ०५ एएफ २५११ नम्बरको भारतीय नम्बर प्लेटको बुलेट मोटरसाइकल पछाडी सीटमा नक्कली नोटहरु छाप्ने कम्प्युटर, प्रिन्टिङ मेसीन लगायत भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट एक थान मोटरसाइकल, युएस ९ एमएम एम ९ – पि ब्रेटा लेखिएको नक्कली पेस्तोल एक थान र ३१७ वटा पाँच सय दरका भारतीय नोटहरु लगायत विभिन्न सामग्रीहरु बरामद गरिएको छ ।

यस सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध