८ केजी सुनसहित २ भारतीय पक्राउ
SamacharDesk | २०८१ आश्विन १९, शनिबार

८ केजी भन्दा बढी सुनसहित २ भारतीय नागरिक पक्राउ परेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले उनीहरुलाई जिल्ला मकवानपुर, हेटौडा उपमहानगरपालिका, वडा नम्बर १५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडकखण्डमा पथलैयाबाट पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेहरुमा भारत महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने बर्ष २५ का अभिषेक अजिनाथ कुटी र भारतको महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने बर्ष २७ का राहुल भिट्टिहालबाड रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्वराज खडकाको कमाण्डमा खटिएको प्रहरी टोलीले पथलैयाबाट हेटौडातर्फ आउदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालकहरुबाट उक्त सुन बरामद भएको हो ।
उनीहरुमाथि शंका लागि शरीर तथा स्कुटर समेतको खानतलासी गर्दा शरीरको विभिन्न भागमा लुकाई ल्याईएको बिल बिजक नभएको अबैध भन्सार छलिका सुनको बिस्कुटको आकारको ८ किलो २ सय ४३ ग्राम सुन बरामत गरिएको हो ।
पछिल्लो बजार मूल्य अनुसार झण्डै साढे ११ करोड रकम बराबरको सुन फेला परेको हुंदा उक्त समान सहित निजहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरेको प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
Categorized in अपराध