१० दिन पनि त्रिशुली थ्रि ए सुरुङबाट दुई जनाको जिवितै उद्धार
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ भाद्र १९, शुक्रबार
त्रिशुली थ्रि ए जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको जिवितै उद्धार गरिएको छ ।
रसुवा बाढीको १० दिन पछि आज कविर महर्जन र सञ्जय साहको जिवितै उद्धार गरिएको हो । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले महर्जन र साहको उद्धार गरेको हो ।
अहिले उद्धार गरिएका साहको स्वास्थ्य अवस्था सामान्य रहेको सेनाले बताएको छ । महर्जनलाई भने उपचारको लागि काठमाडौंस्थित छाउनी अस्पताल ल्याईँदैछ । महर्जनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याईँदैछ ।
उद्धार पछि सेनाले घटनास्थलमै प्राथमिक उपचार दिएको थियो । सुरुङमा फसेका अन्यको पनि खोजी भइरहेको बताइएको छ ।
Categorized in राष्ट्रिय




