arin enterprises

बार्सिलोनामाथि पिएसजिको रोमाञ्चक जित

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ फाल्गुण ५, बुधबार

युएफा च्याम्पियन्स लिग अन्तर्गत गएरातिको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनामाथि फराकिलो जित हात पारेको छ ।

राउन्ड अफ १६ को पहिलो लेग अन्तर्गतको खेलमा पिएसजिले बार्सिलोनालाई उसकै मैदान क्याम्प नाउमा ४–१ गोलले हराएको हो ।

बार्सिलोनामाथि रोमाञ्चक जित हासिल गर्न किलियन एमबाप्पेले ह्याट्रिक गरे । उनले ३२औं, ६५ औं र ८५ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै मोइज कीनले ७० औं मिनेटमा एक गोल गरे ।

खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । २७ औं मिनेटमा पाएको पेनाल्टीमा कप्तान लियोनेल मेस्सीले गोल गरेका थिए । 

Categorized in स्पाेर्ट्स