arin enterprises

उजंको ‘लुमन्ति’ सार्वजनिकः भिडियाेसहित

SamacharDesk – बिराज | २०८१ कार्तिक १७, शनिबार

मैंचा, राजमतिचा लगायतका नेपालभाषाका गीतहरु गाएर निकै ख्याति कमाएका गायक हुन् उजं शाक्य । उनै गायक उजंको नेपालभाषाको अर्को नयाँ गीत पनि सार्वजनिक भएको छ ।

नेपाल सम्वत ११४५ न्हूदँ (नयाँ वर्ष) को अवसरमा उजंले आफ्नो नयाँ गीत ‘लुमन्ति’ सार्वजनिक गरेका हुन् ।

गत बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त गीतको म्यूजिक भिडियो प्रिमियर गरिएको थियो । कार्यक्रममा गायक उजंले सोही गीत गाएर पनि प्रस्तुत गरेका थिए ।

यो गीत र म्यूजिक भिडियोलाई आफ्ना अघिल्ला गीत र म्यूजिक भिडियोहरु भन्दा फरक बनाउने आफुहरुले प्रयास गरेको गायक उजंले बताए ।

‘राजमतिचा र लिक्क लिक्क दर्शक, श्रोताहरुले मन पराइदिनुभयो, यो नयाँ गीत सुन्दा हेर्दा सबैलाई फरक नै महसूस होस् भनेर बनाएका छौं । दर्शकहरुको मायाको आशा छ’ उजंले भने ।

म्यूजिक भिडियोमा एक जना पुरुषको युवावस्थाको मायाप्रेम र प्रेमिकाको ‘लुमन्ति’ अर्थात सम्झना देखाइएको छ ।

म्यूजिक भिडियोको कथा र परिकल्पनाकार गायक उजं नै हुन् भने निर्देशनको साथै छायाङ्कन र दृश्य सम्पादन रपिल महर्जनले गरेका छन् । कोरीयोग्राफी सुनिता सिजाली मगरको रहेको छ ।

गीतमा मुख्य कलाकारको रुपमा इभा शाही र नेपालभाषाको कला क्षेत्रका सुपरस्टार कलाकार रुपेन्द्र श्रेष्ठको साथमा गायक उजं आफैले अभिनय गरेका छन् ।

गत बुधबार नै उजं शाक्यकै युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीतले शनिबारसम्म आइपुग्दा ७३ हजार ५ सय बढि भ्यूज पाइसकेको छ ।

Categorized in पेजथ्री