arin enterprises

रुसको तेल भण्डारमा युक्रेनको आक्रमण

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख २२, शुक्रबार

युक्रेनले रुसका तेल भण्डारहरुमा आक्रमण गरेकोे छ । युक्रेनले रुसका तेल भण्डारहरुमा ड्रोन–क्षेप्यास्त्र लगायतबाट आक्रमण गरेको हो ।

रुसका तेल भण्डार तथा गोदाम क्षेत्रबाट धुवाँको ठूलो मुश्लो र १ हजार वर्ग मिटरसम्म आगोको लप्का देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

रुसले राजधानी कीभ लगायका क्षेत्रमा आक्रमण गरेर युक्रेनी नागरिकको हत्या गरेको बदला लिन तेल स्टोरहरुमा आक्रमण गरिको युक्रेनको गुप्तचर संस्थाका प्रवक्ता एन्ड्री युसोभले बताएका छन् । उनले ४० हजार टन तेल भरिएका १० वटा ठूला ट्यांकर ध्वस्त गरेको दावी पनि गरेका छन् ।

यस्तै युक्रेनी आक्रमण रुस नियन्त्रित क्राइमिया, ओडेसा र त्यस आसपासको क्षेत्रमा केन्द्रित रहेको जनाइएको छ ।

उता, रुसले राष्ट्रपति कार्यालयमा र कृष्णसागर नजिकको बन्दरगाहपनि युक्रेनले हमलाको प्रयास गरेको र युक्रेनी क्षेप्यास्त्र असफल बनाएको दावी गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय