arin enterprises

रुसविरुद्ध युक्रेनको प्रतिआक्रमण सुरु

SamacharDesk | २०८० जेठ २८, आइतबार

युक्रेनले रुसविरुद्ध प्रतिआक्रमण सुरु गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध आफ्नो देशको प्रतिआक्रमण सुरु भएको जनाएका हुन् ।

लामो समयदेखि प्रतिक्षा गरिएको प्रतिआक्रामक र रक्षात्मक कार्यहरु भइरहेको जेलेन्स्कीले बताए छ । तर, प्रतिआक्रमण कुन चरणमा केन्द्रित छ भन्नेबारे उनले विस्तृतमा खुलाएनन् ।

युक्रेनी सेनाले पूर्वमा बाख्मत नजिक र दक्षिणमा जापोरिज्जिया नजिक प्रगति गरेको र रुसी लक्ष्यहरुमा लामो दूरीको हमला गरेको दाबी गरेको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार नैं युक्रेनले प्रतिआक्रमण सुरु गरेको बताएका थिए ।

युक्रेनको दक्षिण र पूर्वमा द्वन्द्व बढ्दै गएपछि यक्रेनले रुसी सेनाविरुद्ध प्रतिआक्रमण सुरु गरेको अनुमान गरिएको थियो ।

तर युद्धको अग्रिम मोर्चामा के भइरहेको छ भन्ने बारे स्वतन्त्र पुष्टी भएको छैन् ।

Categorized in अन्तर्राष्ट्रिय