arin enterprises

पार्टीकाे पराजयपछि एमाले मुगु सचिवकाे राजिनामा

SamacharDesk – बिराज | २०७९ जेठ ६, शुक्रबार

नेकपा (एमाले) मुगु जिल्ला कमिटीका सचिवले पदबाट राजिनामा दिएका छन् ।

गत बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीले हार व्यहोर्नुपरेको भन्दै जिल्ला कमिटिका सचिव डबल बहादुर रोकायाले राजिनामा दिएका हुन् ।

रोकायाले सामाजिक संजालमा राजिनामा पत्र पोस्ट गर्दै जिल्लाको चारवटै पालिकामा पार्टीको गौरवशाली संगठन हुँदाहुँदै पार्टीको पक्षमा परिणाम ल्याउन नसकेको भन्दै पदबाट राजिनामा दिएका हुन् ।

‘मलाई पार्टीले दिएको जिम्मेवारी अनुसार पालिकामा एउटा उपाध्यक्ष बाहेकको प्रमुख पदमा हाम्रो पार्टीको पक्षमा परिणाम ल्याउन नसकेकोले नैतिकताको आधारमा जिल्ला कमिटी सचिव पदको जिम्मेबारीबाट राजिनामा दिएको छु’ रोकायाले राजिनामा पत्रमा लेखेका छन् ।

सोही पत्रमा रोकायाले पार्टीमा झाङ्गिदै गएको अराजकता, अस्थिरता, व्यक्तिवाद, स्वेच्छाचारितालाई निरुत्साहित गर्दै संगठनलाई प्रभावकारी, गतिशिल, जनपक्षीय, उर्जावान, र क्रान्तिकारी बनाउन निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082