संसद पुनर्स्थापनाको माग गर्दै एमाले अदालत जाने
SamacharDesk – बिराज | २०८२ मङ्सिर २, मंगलबार
सुशीला कार्की नेतृत्वको सरकारले विघटन गरेको संसद पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले) ले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने भएको छ ।
नेकपा एमालेका संसदीय दलका नेताहरुको आज बसेको वैठकले सुशीला कार्की नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभाको विघटन संविधान विपरित र लोकतन्त्र विरोधी कदम भएको ठहर गर्दै यस विरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।
अदालतमा रिट निवेदन दायर गर्न दलका मुख्य सचेतक महेश वतौंला र सचेतक सुनिता वराललाई अख्तियारी दिने निर्णय पनि आजको वैठकले गरेको छ ।
एमालेको आजको वैठकले जनताबाट निर्वाचित जनप्रतिनिधिले गर्नुपर्ने स्थापित संवैधानिक व्यवस्था र लोकतान्त्रिक मान्यता विपरित प्रतिनिधि सभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्रीमा नियुक्ति असंवैधानिक रहेको ठहर पनि गरेको छ ।
वैठकले असंवैधानिक ढंगबाट गरिएको संसद विघटनको विरोध गर्दै यसको पुनर्स्थापनाको पक्षमा उभिन सबैमा आह्वान पनि गरेको छ ।
Categorized in राजनीति




