दिवंगत आत्माको कामना गरी उपाकु पर्व मनाईंदै
SamacharDesk | २०७९ भाद्र २२, बुधबार

दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै काठमाडौमा नेवार समुदायले आज उपाकु पर्व मनाईंदैछ ।
इन्द्रजात्राको पहिलो दिन यस बर्ष मृत्यु भएका आफन्तहरुको आत्माको चीर शान्तिका लागि चोक चोकमा काँचो माटोको दियोमा बत्ती बालेर, बाटोभरि धूप बालेर र तुतः (बज्रयानी बौद्ध स्तोत्र) पाठ गरेर नगर परिक्रमा गर्दै उपाकु पर्व मनाउने गरिन्छ ।
उपाकु पर्वको लागि मरुटोल, मरुगणेश, भगवतीवारी, चसाँन्दोल, दमाइटोल, कंगः अजिमा, कँयता हिति, सुन्तागल्ली, न्यतँतुछेँ (नरदेवी), रक्तकाली, बुरांख्यः भुरुंखेल, इखापुखू, क्षेत्रपाटी ।
क्षेत्रपाटीबाट स्वांछपु गणेद्यः, थँहिति, ज्याथा छुस्या बहाल, असन–कमलाछि, भोटाहिति, महाबौद्ध, भोसिको टोल, न्यूरोड हुँदै तेबहाल, सुन्धारा, बागदरबार, ताहागल्ली, भुलां, गणबहाल, खिधल, लगन, भोटेबहाल, पोडेटोल, सबल (नायपाच्व), चल्खु, सापूत्वाः, ओन्देनारायण, ह्युमत, जोशी देगल, कोहिति, भीमसेनस्थान, ख्यःक्यव, भौक्यव हुँदै पुनः मरुटोलमा आएर परिक्रमा टुंगिन्छ ।
Categorized in संस्कृति