arin enterprises

“चीनसँगको वार्ता फलदायी” : विदेशमन्त्री ब्लिंकन

SamacharDesk | २०८० आषाढ ४, सोमबार

चिन भ्रमणमा रहनु भएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले हिजो चिनिया विदेशमन्त्री छिन काङसंग भेटवार्ता गर्नुभएको छ ।

भेटपछि अमेरिकी विदेश मन्त्रालयले चीनसंग रचनात्मक र फलदायी वार्ता भएको बताएको छ ।

विदेशमन्त्री ब्लिंकेनले चिनियाँ विदेशमन्त्री छिन काङसंग गरेको वार्तापछि अमेरिकी विदेश मन्त्रालयले उच्च तहमा संवादका च्यानलहरु खुला राखेर सम्बन्ध अघि बढाउने सहमति भएको बताएको हो ।

विदेशमन्त्री ब्लिंकेनले सवैखाले समस्याहरुलाई संवाद मार्फत समाधान गर्नका लागि चीनसंग प्रस्ताव गर्नुभएको र चीन पनि त्यसका लागि तयार भएको दाबी अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ विदेश मन्त्री छिनले अमेरिकासंग  स्थिर, अनुमान गर्न सकिने र रचनात्मक सम्बन्ध चाहेको बताउनु भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

चिनियाँ विदेशमन्त्रीले चीन–अमेरिका सम्बन्धमा ताइवान नै मूख्य विवादको विषय रहेको भन्दै ताइवानको विषय चीनका लागि निकै संवेदनशील हो भन्ने पनि प्रष्ट पार्नुभएको जनाइएको छ ।

ब्लिंकेन विगत पाँच वर्षमा चीन पुग्ने पहिलो उच्च तहका अधिकारी हुनुहुन्छ ।

Categorized in अन्तर्राष्ट्रिय