arin enterprises

क्यालिफोर्नियामा ७ म्यान्गिच्युडको शक्तिशाली भुकम्प

SamacharDesk | २०८१ मङ्सिर २१, शुक्रबार

अमेरिकाको क्यालिफोर्नियामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्वेका अनुसार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा भूकम्पको केन्द्र रहेको बताइएको छ। बीबीसीका अनुसार फर्नडेल, हम्बोल्ट काउन्टीको एक सानो शहर हो ।

यो ओरेगन सीमाबाट करिब २०९ किलोमिटर टाढा पर्दछ । यसैगरी सान फ्रान्सिस्कोबाट ४१८ किलोमिटर टाढा पर्दछ ।

भूकम्पपछि उत्तरी क्यालिफोर्निया र दक्षिणी ओरेगनको तटमा ५३ लाख जनामा सुनामी चेतावनी जारी गरिएको थियो । तर पछि उक्त चेतावनी हटाइएको बीबीसीले जनाएको छ ।

अहिलेसम्म भूकम्पबाट मानवीय क्षतिको विवरण प्राप्त नभएको बीबीसीले जनाएको छ। भूकम्पपछि हम्बोल्ट काउन्टीमा १० हजारभन्दा बढी मानिस बिजुलीविहीन भएका  थिए ।

Categorized in अन्तर्राष्ट्रिय