ह्वाट्सएपमा युजरनेम सर्च गर्न मिल्ने फिचर आउँदै
SamacharDesk – आकाश | २०८० मङ्सिर २०, बुधबार

ह्वाट्सएपले युजरनेमबाट अन्य प्रयोगकर्ता सर्च गर्न मिल्ने फिचर ल्याउने भएको छ । प्रयोगकर्ताको गोपनियतालाई थप सहयोग गर्ने गरी कम्पनीले नयाँ सर्च–बार फिचर ल्याउन लागेका ह्वाट्सएपको फिचरबारे जानकारी दिने ब्लग वाबेटाइन्फोले जनाएको हो ।
यो फिचर सार्वजनिक भएपछि भने ह्वाट्सएपमा जोडिन अरूलाई फोन नम्बर दिनुपर्ने बाध्यता हट्ने छ । अब फोन नम्बरबाट मात्र नभई युजरनेमबाट नै अन्य प्रयोगकर्ताहरु सर्च सकिने छ ।
यस फिचर सार्वजनिक भएपछि प्रयोगकर्ता आफैंले युजरनेम राख्न सक्ने र त्यसलाई जहिल्यै पनि सम्पादन गर्न सकिने बताइएको छ ।
ह्वाट्सएपको यस नयाँ फिचरले व्यक्तिगत सूचना तथा गोपनियतालाई प्राथमिकता दिने भएकोले प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।
अहिले विकासको चरणमा नै रहेको ह्वाट्सएपको यो फिचर कहिले उपलब्ध हुन्छ भन्ने खुलाइएको छैन ।
