कोरोनाविरुद्धको खोप भोलिबाट नेपाल आउन थाल्ने
SamacharDesk – बिकाश | २०७७ माघ ७, बुधबार

भारतले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप सहयोग गर्ने भएको छ ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राको उपस्थितीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले खोप आउनेवित्तिकै पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक लगायतका अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई दिइने जानकारी गराउनुभयो ।
अनुदान वापतको १० लाख डोज खोप भोलिबाट नै नेपाल आउन थाल्ने त्रिपाठीले बताए । सो अवसरमा उहाँले खोप ल्याउने सबै तयारी पूरा भएको पनि बताए ।
नेपाल सरकार खोप खरिदको पनि तयारीमा रहेको र त्यसका लागि आर्थिक र प्रशासनिक कुनै जटिलता नरहेको पनि मन्त्री त्रिपाठीको भनाई हो ।
Categorized in राष्ट्रिय