arin enterprises

दिमागमा चिप प्रत्यारोपण गरेको व्यक्तिको भिडियो सार्वजनिक

SamacharDesk | २०८० चैत्र ९, शुक्रबार

न्युरालिंकले दिमागमा चिप प्रत्यारोपण गरेको पहिलो व्यक्तिको भिडियो सार्वजनिक भएको छ । हेल्ट टेक कम्पनी न्युरालिंकले बिहिबार चिप प्रत्यारोपण गरेको पहिलो व्यक्ति (नोलन आर्बाघ)को भिडियो सार्वजनिक गरेको हो ।

कम्पनीका एक इन्जिनियर ब्लिसले आर्बाघले कम्प्युटरमा चेस गेम खेलिरहेको भिडियो खिचेर कम्पनीको आधिकारिक एक्स ह्यान्दलबाट अपलोड गरेका छन् ।

२९ बर्षिय आबार्घ आठ वर्षअघि डाइभ गर्ने क्रममा दुर्घटनामा परेका थिए । त्यसपछि उनको घाँटी भन्दा तलको भाग पक्षघात भएको थियो । भिडियोमा आर्बाघले ल्यापटपको स्क्रिनको चारैतर्फ कर्सर घुमाएर अनि स्क्रिनमा भएको म्युजिक प्लेयरलाई बन्द गरेका छन्।

भिडियोमो उनले आफूलाई चेस खेल्न मन लाग्ने बताएका छन् । प्रत्यारोपणबाट आफूलाई चेस र सिभिलाइजेसन सिक्स गेम खेल्ने अनुमति समेत प्राप्त भएको उनले बताएका छन् ।

उनले स्क्रिनमा क्रसर कन्ट्रोल गर्ने कार्य सिक्नका लागि अन्दाज गरिएको चाल र प्रयास गरिएको चालबीचको अन्तर थाहा पाएको समेत बताएका छन् । आर्बाघका अनुसार दिमागको कन्ट्रोलबाटै विभिन्न क्रियाकलापहरु गर्न, कम्प्युटर गेमहरु खेल्न सजिलो भएको, भाषाहरु पनि सिकिरहेको बताएका छन् ।

त्यस्तै चिप प्रत्यारोपण प्रक्रिया सहज भएको र प्रत्यारोपण पछि कुनै जटिलता नआएको पनि भिडियोमा भनेका छन् ।

‘मलाई चेस खेल्न मनलाग्छ । तर पछिल्ला केही वर्ष अघि देखि माउथ स्टिक प्रयोग गरेर चेस खेल्थे जुन एकदम कठिन थियो । प्रत्यारोपण गरेपछि अहिले म दिमागको कन्ट्रोलबाटै कम्प्युटरमा कर्सर चलाउन सक्दा चेस खेल्न निकै मलाई निकै सजिलो भएको छ। अरू खेलहरु पनि म खेल्ने गर्छु’ आबार्घले भने ।

गत वर्षदेखि चिप प्रत्यारोपण गर्न न्युरालिङ्कले बिरामी भर्ना लिन थालेको थियो । एलन मस्कले सन् २०२४ वर्षको सुरुवाततिर पहिलो पटक परीक्षणको रुपमा मानिसको दिमागमा न्युरालिंकको चिप प्रत्यारोपण गरिएको जानकारी दिएका थिए ।

त्यसपछि आर्बाघ दिमागमा चिप प्रत्यारोण गर्ने पहिलो मानव बिरामी बनेका हुन् । सन् २०१६ देखि संचालित न्युरालिंकको मुख्य उद्देश्य मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्नु हो ।

कम्पनीको पहिलो उत्पादन ‘टेलिप्याथी’ नामक ब्रन चिप आर्बाघको दिमागमा प्रत्यारोपण गरिएको हो ।

त्यस्तै न्युरालिंकले आँखा नदेख्ने व्यक्तिले आँखा देख्न र शरीरको कुनै भागहरु नचलेको व्यक्तिले सो भाग चलाउन सक्ने चिप मनि बनाएको दाबी गरेको छ ।

Categorized in विज्ञान-प्रविधी