arin enterprises

सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’

SamacharDesk – विजयरत्न | २०८२ माघ २०, मंगलबार

नइ एकेडेमीले नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गर्ने भएको छ ।

एकेडेमिले विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत नेपाल भारतका सात श्रष्टालाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।

यस पुरस्कारको राशि जनही पच्चीस हजार रुपैयाँ रहेको छ ।

यस पुरस्कारबाट डा.रमा शिवाकोटी, डा.साधना पन्त ‘प्रतीक्षा’, डा.लेखराज खतिवडा, डा.गोपालप्रसाद गैरे, डा.भगवानचन्द्र ज्ञवाली, डा.नित्यानन्द खतिवडा र प्रा.डा.कृष्णराज घतानीलाई पुरस्कृत गर्न लागिएको हो ।

Categorized in पेजथ्री