arin enterprises

भिजिट भिसामा मानव तस्करी गर्ने ३४ जना पक्राउ

SamacharDesk | २०८० पौष ३, मंगलबार

नक्कली डकुमेन्ट बनाएर भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा हालसम्म ३४ जना पक्राउ परिसकेका छन् ।

नक्कली डकुमेन्ट बनाएर भिजिट भिसामा हुने मानव तस्करीमा पाँच वटा एअरलाइन्सको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानमा क्रममा पाँच वटा एअर लाइन्सको संलग्नता खुलेपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। भिजिट भिसामा जानका लागि दुबैतर्फको टिकट अनिवार्य हुनुपर्ने व्यवस्था रहेकोमा यी एअरलाइन्सका कर्मचारी र एजेन्टको मिलमतोम मानव तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको हो ।

भिजिट भिसामा जानेहरुको हकमा नेपाल फिर्ता हुने टिकट एअरलाइन्सकोे कर्मचारीको सेटिङमा नक्कली टिकट बनाएर नेपाली युवा–युवतीलाई विभिन्न मुलुक पु¥याइएको अनुसन्धानबाट खुलको हो ।

अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार अहिलेसम्म नेपाल एअरलाइन्स, एअर अरेबिया, फ्लाई दुबई, हिमालय एअर र अल जजिरामार्फत् सेटिङमा भिजिट भिसामातर्फ मानव तस्करी हुने गरेको खुलेको छ।

भिजिट भिसामा विभिन्नु मुलुक पु¥याएवापत एअरलाइन्सहरुले प्रतिव्यक्ति १० हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म लिने गरेको र अध्यागमनका कर्मचारीदेखि प्रहरीसम्म ४० देखि ५५ हजारसम्म दिई सेटिङ मिलाउने गरेको अनुसन्धानबाट खुलेको हो ।

पक्राउ पर्नेमा बिभिन्न एअर लाइन्स र नेपाल वायु सेवा निगमका कर्मचारी, कन्सल्टेन्सी सञ्चालकदेखि प्रहरी र एजेन्ट रहेका छन् ।

Categorized in अपराध