आज र भोलि भिटामिन “ए” र जुकाको औषधि खुवाइने
SamacharDesk | २०८० कार्तिक १७, शुक्रबार

हरेक वर्ष जस्तै यसवर्ष पनि स्वास्थ्य मन्त्रालयले भिटामिन ए र जुकाको औषधी खुवाइने कार्यक्रम ल्याएको छ ।
आज र भोलि दुई दिन १ देखि ५ वर्षसम्मका बालकालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाईले मन्त्रालयले जनाएको छ ।
हरेक वर्ष सरकारले पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएकोमा यस वर्ष दशैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दुई दिने अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ ।
यसैगरिे १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकालाई जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय